हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्सालले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सोमबार प्रतिष्ठानको उपकुलपति डा. प्रदिप ज्ञवालीले नवनियुक्त शिक्षाध्यक्ष प्रा. डा. लम्साललाई सपथ ग्रहण गराउनु भएको हो ।
प्रतिष्ठानको कुलपति एवम् मुख्यमन्त्री बहादुर सिंह लामा, सहकुलपती एवम् सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रमुख सचिव महादेव पन्थ लगाएतको उपस्थितमा प्रा. डा. लम्सालले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।