सम्पर्कबिहिन भएकी शिखा अगस्तीको तस्वीर ।

हेटौँडा : विद्यालयबाट घर फर्केकी हेटौँडा-११, थानाभर्याङकी एक किशोरी सम्पर्कबिहिन भएकी छन् ।

हेटौँडा-४ स्थित भुटनदेवी माविबाट आइतबार घर फर्केकी १६ वर्षीया शिखा अगस्ती सम्पर्कबिहिन भएकी हुन्। कक्षा ११ मा अध्ययनरत शिखाले कालो रंगको पाइन्ट, कोट, रातो रंगको सर्ट र खैरो रङको ब्याग बोकेको प्रहरीले जनाएको छ ।