हेटौँडा : मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रजिअ चिलुवालको सरुवा गरेको हो ।
चिलुवाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने मकवानपुरका लागि प्रजिअ तोकिएको छैन । ८ महिनामै प्रजिअ चिलुवाल अर्थ मन्त्रालय सरुवा हुनुभएको हो । उहाँले गत जेठ २३ गतेदेखि मकवानपुरको प्रजिअको जिम्मेवारी सम्हाल्नुभएको थियो । जेठ १६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उहाँ मकवानपुरको प्रजिअको जिम्मेवारीमा आउनुभएको थियो ।