विद्यालयमा पठनपाठन नहुने सम्बन्धमा जानकारी गराउन हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले जारी गरेको सूचना ।

हेटौँडा : बिहीबार (फागुन १ गते) हेटौँडा उपमहानगरपालिकाका विद्यालयमा पठनपाठन नहुने भएको छ । बालमैत्री शासनयुक्त हेटौँडा उपमहानगर घोषणा कार्यक्रम रहेको र उक्त कार्यक्रम सफल पार्नका लागि विद्यालयका शिक्षक तथा कर्मचारी खटिनु पर्ने भएकोले विद्यालयमा एक दिन पठनपाठन बन्द रहने हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

बुधबार एक सूचना जारी गर्दै हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाले पठनपाठन नहुने जनाएको हो । विद्यालयमा पठनपाठन बन्द हुनुका साथै वडा कार्यालय र स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा पनि प्रभावित हुने बताइएको छ । स्वास्थ्यकर्मी, कर्मचारी पनि बालमैत्री पालिका घोषणा गर्ने कार्यक्रममा खटिनुपर्ने भएकोले सेवा सुचारु नहुने उपमहानगरपालिकाले जनाएको छ ।

फागुन १ गते हेटौँडा उपमहानगरपालिकाको स्थापना दिवस पनि हो ।

वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रवाह नहुने तथा विद्यालयको पठनपाठन बन्द रहने सम्बन्धमा उपमहानगरपालिकाले जारी गरेको सूचना ।