कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा संयुक्त अरब इमिरेट्सको (युएई) को दुवई प्रस्थान गर्नुभएको छ । विश्व सरकार सम्मेलन–२०२५ मा सहभागी हुन मुख्यमन्त्री लामा दुवई प्रस्थान गर्नुभएको हो । मुख्यमन्त्री लामाले कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।
विश्व सरकार सम्मेलनमा मुख्यमन्त्री लामाले ‘भविष्यको सरकारको आकार’ सत्रमा हुने छलफलमा सहभागी हुनुहुनेछ । मुख्मयन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको छ । मुख्यमन्त्रीको सिफारिस अनुसार माघ ३० गतेदेखि मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको छ । मुख्यमन्त्री लामाको सचिवालयका अनुसार भ्रमण दलमा प्रमुख स्वकीय सचिव छत्र लामा रहनुभएको छ । मुख्यमन्त्री लामा फागुन ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।