हेटौँडाः चितवन जिल्लाको कालिका नगरपालिका–९, शक्तिखोरमा रुखबाट लडेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीय नेत्र बहादुर बस्नेत रहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार बिहान ९ बजेर ४५ मिनेटको समयमा कालिका जंगलमा घास काट्न गएकोमा ताँतीको रुखबाट लडेर बस्नेत घाइते भएका थिए । घाइते बस्नेतलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा बस्नेतको शुक्रबार बिहान ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।