हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको रोजगारदाता परिषद् संयोजकमा उपाध्यक्ष उज्ज्वल चौलागाई नियुक्त हुनुभएको छ । सोमबार संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष चौलागाईलाई परिषद्को संयोजक नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै महिला उद्यमी विकास समितिको सभापतिमा कार्यसमिति सदस्य सीतादेवी भेटवाललाई जिम्मेवारी दिने निर्णय भएको संघकी महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । महासचिव श्रेष्ठका अनुसार कर परामर्शदातामा प्रदीप अर्याल र सूचना प्रविधि परामर्शदातामा किशोर अर्याललाई जिम्मेवारी दिने निर्णय भएको छ । पुस २७ गते सम्पन्न निर्वाचनबाट प्रमोद सिंह रानाभाटको अध्यक्षतामा नवनिर्वाचित समितिको दोस्रो बैठक सोमबार बसेको हो । संघको कार्यसमितिको नियमित मासिक बैठक १६ गते बस्ने यसअघिको व्यवस्थालाई नै निरन्तरता दिने निर्णय भएको महासचिव श्रेष्ठले बताउनुभएको छ ।