हेटौंडाः मुस्लिम युवा समाजको अध्यक्षमा सफिक मियाँ चयन हुनुभएको छ । मंगलबार हेटौंडामा भएको तेश्रो अधिवेशनले सफिक मियाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । मुस्लिम युवा समाजको प्रथम उपाध्यक्षमा मोहमद सफिक, द्वितीय उपाध्यक्षमा अब्दुल्लह देवान, तृतीय उपाध्यक्षमा अब्दुल्लहा मियाँ अन्सारी, महासचिवमा अलाउदिन अन्सारी, सचिवमा मुस्ताफा अन्सारी, सहसचिवमा मोहमद नईम मियाँ, कोषाध्यक्षमा समीर बक्स चयन हुनुभएको छ ।
यस्तै सदस्यमा सलिम अन्सारी, अफराजुल खान, शेखजाबरीर आलम, मोहमद रसुली, सैयादिन मियाँ, मोहमद अफ्ताब, मजिद मियाँ सिद्धिकी, शेख समिम अख्तर, शेख हसिन, महोमद साहवुदीन र साजिद हुसैन चयन हुनुभएको छ । नयाँ कार्यसमिति चयन हुनुअघि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो ।