हेटौँडा ः हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार समूह चरणको २ खेल हुँदैछ ।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने पहिलोमा समूह ‘घ’ बाट दोलखा र नुवाकोटबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा भक्तपुर र सिन्धुलीबीच हुनेछ । फाइनल खेल पुस २० गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।