सडक खाना महोत्सवस्थल ।

हेटौँडा ः होटल एसोसिएसन मकवानपुरको आयोजनामा आज शनिबारदेखि हेटौँडामा ११औं सडक खाना महोत्सव सुरु हुँदैछ । दिउँसो ३ बजे हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सडक खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको होटल एसोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जानकारी दिनुभयो ।

हेटाँैडा–४, हुप्रचौरको पूर्वी सडकमा हुने महोत्सवमा स्टल ५१ वटा स्टलहरु रहेका छन् । स्वादका पारखीलाई मौलिक खानाको स्वाद दिलाउने र होटल व्यवसायीको व्यावसायिक प्रवद्र्धनका लागि आजबाट सुरु हुने सडक खाना महोत्सव मंगलबारसम्म चल्नेछ । खाना महोत्सवसँगै सांगीतिक कार्यक्रम समेत रहेको होटल एसोसिएसनले जनाएको छ ।