साउन १ गते मुख्यमन्त्री डोरमणि पौडेलसँग कार्यसम्पादन करार गर्नु हुँदै भौतिक विकासमन्त्री रामेश्वर फुँयाल ।

हेटौंडाः बागमती प्रदेशका भौतिक विकास मन्त्री रामेश्वर फुँयालले आइतबार मन्त्रालयका सचिव तेजराज भट्टसँग कार्यसम्पादन करार गर्नुभएको छ । मन्त्रालयमै आइतबार एक कार्यक्रमका बीच कार्यसम्पादन करार गरिएको हो । भौतिक विकास मन्त्री फुँयालले साउन १ गते प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग कार्यसम्पादन करार गर्नुभएको थियो ।

भौतिक विकास मन्त्रालयका सचिव तेजराज भट्टले साउन १३ गते मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन करार गर्नुहुने मन्त्री फुँयालले जानकारी दिनुभयो । मन्त्रालयको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न जिल्लागत कार्यतालिका निर्माण गरिने मन्त्री फुँयालले बताउनुभएको छ । प्रदेश सरकारले पहिलो पटक कार्यसम्पादन करार गरेको हो । कार्यसम्पादन करारले मातहतका निकायलाई प्रभावकारी कार्यसम्पादनमा नैतिक दबाव पर्नुका साथै वार्षिक लक्ष्यअनुसारको कार्यसम्पादनमा प्रभाव पर्ने अपेक्षा प्रदेश सरकारको छ ।