हेटौँडाः चितवन जिल्लाको खैरहनी नगरपालिका–७, सुर्तानामा अचेत अवस्थामा फेला परेका ३० वर्षीय आशा पासवानको मृत्यु भएको छ । बारा जिल्ला घर भई सुर्तानास्थित गाई फर्ममा काम गर्ने पासवान आइतबार आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बिहान १० बजे अचेत अवस्थामा फेला परेका पासवानलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा बिहान १० बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा मृतक पासवानले अत्यधिक मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।