सडक बन्द रहनेबारे दक्षिणकाली नगरपालिकाले जारी गरेको सूचना ।

हेटौँडाः हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत सिस्नेरी–दक्षिणकाली सडकखण्ड १० दिनका लागि बन्द हुने भएको छ । दक्षिणकाली–छैमले खण्ड कालोपत्रे कार्य गर्नका लागि अत्यावश्यक बाहेकका सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न दक्षिणकाली नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाको आग्रहअनुसार स्थानीय प्रशासन र प्रहरीले सर्वसाधारणलाई सिस्नेरी–दक्षिणकाली सडकखण्डको विकल्पमा अन्य सडक प्रयोग गर्न आग्रह गरेको छ । यसअघि गत मंसीर १३ गतेदेखि २९ गतेसम्म कालोपत्रे कार्यकै लागि सवारी आवागमन रोकिएको थियो । सडक कालोपत्रे गर्ने कार्य नसकिएकोले थप समय सवारी आवागमन रोकेर काम गर्न खोजिएको नगरपालिकाले जनाएको छ ।