शुभकामना र्यालीमा सहभागीहरु ।

हेटौंडाः नेपाल सम्वत् ११४५ को अवसरमा हेटौँडामा शुभकामना र्यालीको निकालेको छ । न्हूँ दँ मूल समारोह समितिले नयाँ वर्ष नेपाल सम्वत्को अवसरमा शुभकामना र्याली आयोजना गरेको हो । न्हूँ दँ मूल समारोह समितिको संयोजक सुन कुमार मान्नधरको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा र्याली कार्यक्रम भएको हो ।

हेटौंडा–१० स्थित बुद्धचोकबाट सुरु भएको र्याली पिपलबोट, संगमचोक, कान्तिराजपथ, स्कूलरोड हुँदै पुनः बुद्धचोकको परिसरमा पुगेर सम्पन्न भएको थियो । धिमे बाजा र मौलिक पोशाकमा सहभागी नेवार समुदायसँगै अन्य समुदायका गरी करिब ५ सय जना सहभागी भएका थिए । र्यालीमा नेपाल ज्योति परिषद्का ज्योतिष पण्डितहरुको पनि सहभागिता रहेको थियो । र्यालीमा नेवारी भाषामा शुभकामनाको नारा समेत लगाइएको थियो ।

र्याली कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि श्रेष्ठले सबैले आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्न आवश्यक रहेको बताउनुभएको छ । सबैले आफ्नो सभ्यतालाई कायम राखेर संस्कृतिलाई प्रबद्र्धन गर्नुपर्ने उहाँले बताउनुयो । नेपाल सम्वत्को विकास गरेर यसलाई मनाउँदै लैजानुपर्ने उहाँको भनाई छ ।

शुभकामना र्यालीमा धिमे बाजासहितको टोली ।