हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१०, ५४ किलोमा स्कुटर आँफै अनियन्त्रित भई पल्टँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका–२ का २२ वर्षीय विशाल चौलागाई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार दिउँसो ४ बजेर ३५ मिनेटको समयमा अरनिको राजमार्गमा जिरो किलोबाट दोलालघाट तर्फ आउदै गरेको बा प्र ०२–०२५ प ८७७६ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई सडकमा पल्टिँदा चौलागाईसहित स्कुटरको पछाडि सवार १५ वर्षीय सन्तोष थापा मगर घाइते भएको थिए । घाइते दुबैलाई उपचारका लागि लैजाँदै गर्दा चौलागाईको बाटोमा नै मृत्यु भएको थियो । मगरको धुलिखेल अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकराी दिएको छ ।