हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–७, रमन्टारमा श्रीमतिको कुटपिटबाट श्रीमान घाइते भएका छन् । बिहीबार ५८ वर्षीय मंगल थिङलाई ५१ वर्षीया सुशिला थिङले कुटपिट गरि घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सुशिलाले घरासी विवादका कारण झगडा हुँदा मंगलको दाहिने घुँडामा ढुङ्गाले हानि घाइते बनाएकी थिईन् । घाइते मंगलको मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको प्रहरीले जानकारी दिएको छ । कुटपिट गरि सुशिला फरार रहेकोले खोजी कार्या भईरहेको प्रहरीले जानकारी दिएको छ । मंगलको खुट्टा फ्याँक्चर भएको र अवस्था मध्यम रहेको छ ।