हेटौंडाः जिल्लास्तरीय कविता प्रतियोगितामा १० जना छनोट भएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको अवसरमा कार्तिक १५ गते हुन लागेको कविता प्रतियोगितामा उत्कृष्ट १० जना कविको कविता छनोट भएको हो ।

साहित्य संगम मकवानपुरका सचिव मनोज पोखरेलले एक सूचना जारी गर्नुहुँदै त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगिताका लागि प्राप्त ३६ जनामध्ये १० जना प्रतियोगी छनोेट भएको जानकारी दिनुभएको छ । छनोट हुनेहरुमा कृष्णचन्द्र काफ्ले, कृष्मा लौँडारी, देविना सञ्जेल, रोशिका भट्टराई, विप्लभ आचार्य, विविसा रुम्बा, विश्व अधिकारी, सरोजप्रसाद साह, सुमिना दहाल र सुमी थिङ रहेका छन् । छनोट भएका प्रतियोगीहरुले हेटौंडा–११ स्थित त्रिभुवन माविको प्राङ्गणमा कविता वाचन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट ३ जना कविलाई ३ हजार रुपैयाँ र एक जनालाई प्रोत्साहनस्वरुप १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । कविता प्रतियोगिताकै दिन साहित्यकार माधव पोखरेललाई सम्मान गरिनेछ । प्रतियोगिताअघि महाकवि देवकोटाको मूर्तिमा माल्यार्पण गरिनेछ ।