हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–११, नौरङगेमा आफै घरमा लडि मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षीया लक्ष्मी थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बिहीबार राती ९ बजेर ३० मिनेटको समयमा थापा आफै घरमा एक्कासी लडि घाइते भएकी थिइन् । घाइते थापालाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारको क्रममा राति १० बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै भरतपुर महानगरपालिका–२, क्षेत्रपुर मेलमिलाप टोलमा अचेत अवस्थामा फेला परेका ३२ वर्षीय सन्दिप रत्न खड्कीको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार बुधबार बेलुकी खाना खाई सुतेका खड्की बिहीबार बिहान अचेत अवस्थामा फेला परेका थिए । सन्दिपलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा बिहीबार बिहान ७ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा प्रहरीले जानकारी दिएको छ ।