हेटौँडाः बालबालिकालाई माग्न लगाउने बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका अमलेखगन्जस्थित गुम्बाका अभिभावकलाई उप्रान्त बालबालिकालाई माग्ने काममा नलगाउने गरी सचेत गराएर श्रम कार्यालय हेटौँडाले बालबालिकालाई गुम्बाको जिम्मा लगाएको छ । बालमैत्री वडा घोषणा गरिएको हेटौँडा–४ मा माग्दै हिँडेका एक जना किशोरसहित १८ जना बालबालिकालाई हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले बिहिबार उद्दार गरेको थियो ।

गुम्बाका अधिकारीलाई सचेत गराएर बालबालिका जिम्मा लगाइएको श्रम कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो । उद्दार गरिएका १८ जनामध्ये ३ जना बालिका थिए । उद्दार गरिएका बालबालिकालाई सिविन बाल हेल्पलाईन हेटौँडामा राखिएको थियो । बालबालिकालाई उद्दार गरे लगत्तै श्रम कार्यालय, हेटौँडा उपमहानगरपालिका, सिविन बाल हेल्पलाईन हेटौँडा, प्रहरी प्रतिनिधिको सहभागितामा वैठक बसी आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो ।

गुम्बाले पूर्णिमाका दिन भिक्षाटन गर्नुलाई साँस्कृतिक पक्षबाट हेरिएको बताए पनि बालअधिकारका दृष्टिले माग्ने काममा लगाउनु गैरकानुनी हुनेतर्फ ध्यान नपुगेको भनी आत्मालोचना गरेपछि उप्रान्त माग्ने काममा लगाउने गरी सचेत गराएर छाडिएको श्रम कार्यालय हेटौँडाका प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।