लागुऔषध मुद्दाम फरार मिलन लामा ।

हेटौँडाः लागुऔषध मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–७, रमनटारका ४६ वर्षीय मिलन लामा स्याङ्बो रहेको प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्ला अदालतले लागुऔषध गाँजा र चरेश मुद्दामा स्याङ्बोलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ बजेर ५० मिनेटको समयमा घरबाटै नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।