नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन सम्बन्धमा जानकारी दिन जारी गरेको सूचना ।

हेटौँडाः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५८ रुपैयाँ र तेस्रो वर्गमा १ सय ५९ रुपैयाँ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५० रुपैयाँ र तेस्रो वर्गमा १ सय ५१ रुपैयाँ कामय भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।