हेटौँडाः धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७, माटिगाउँका ४५ वर्षीय ईश्वर चेपाङले आफ्नै मामाको छोरा (भाइ) को हत्या गरेका छन् । गत बिहिबार साँझ पुरानो रिसईवीका आधारमा ईश्वरले ३६ वर्षीय कुमार चेपाङलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
पेटमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका कुमारको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा शनिबार राती १२ बजेर ५० मिनेटको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । प्रहरीले ईश्वर चेपाङलाई नियन्त्रणमा लिएको छ ।











