हेटौँडाः यु–१९ क्रिकेट बागमती प्रदेश टिम तयार पार्न हेटौँडामा पनि छनोट खेल हुने भएको छ । कात्तिक १० गतेदेखि विराटनगरमा हुने वाई वाई यु–१९ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशको टिम तयार पार्न यही असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्म हेटौँडामा पनि छनोट खेल हुन लागेको हो ।
मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद कुमार बानियाँका अनुसार काठमाडौं र हेटौँडामा एकसाथ छनोट खेल हुनेछ । प्रादेशिक टिम तयार पार्न पहिलो पटक हेटौँडामा प्रतियोगिता हुन लागेको सचिव बानियाँले बताउनुभयो । हेटौँडाको हुप्रचौरमा हुने छनोट खेलमा मकवानपुरसहित चितवन, नुवाकोट र ललितपुरबीचको पहिलो चरणको खेल हुनेछ । दोश्रो चरणको खेल काठमाडौंको मूलपानीस्थित तल्लो मैदानमा हुनेछ । हेटौँडामा छनोट खेलको संयोजकको जिम्मेवारी धिरज श्रेष्ठलाई दिइएको छ ।
बागमती प्रदेश टिम छनोट खेल तालिका ।