हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–६, प्रतापपुरमा १८ महिने शिशुको कुलोमा डुबेर मृत्यु भएको छ ।
बुधबार बिहान साढे ९ बजेको समयमा श्याम प्रजाको छोरा १८ महिनाको सामुयल प्रजा घर नजिकै खेल्दै जाने क्रममा घरदेखि ५० मिटरको दुरीमा रहेको कुलोमा डुबिरहेको अवस्थामा भेटिएको थियो । श्याम प्रजाले अचेत अवस्थामा भेटेको शिशुलाई उपचारका लागि मनहरी अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषित गरिदिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।