हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका–१, बहेराचोकमा बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बुधबार साँझ साढे ७ बजेको समयमा लोथरबाट नारायणगढतर्फ जाँदै गरेको प्र २–०३–००१ च ५९५९ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा पैदलयात्री रौतहट जिल्लाको कटहरिया नगरपालिका–१ का ७० वर्षीय लोचन यादवको मृत्यु भएको हो ।

बोलेरोको ठक्करबाछ घाईते भएका यादवलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले यादवको मृत्यु भएको घोषणा गरेका थिए । यादवलाई ठक्कर दिने बोलेरो जीप र चालक पर्सा जिल्लाको पर्सागढि नगरपालिका–३ का २६ वर्षीय प्रदीप पटेल प्रहरीको नियन्त्रणमा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।