सांकेतिक तस्वीर ।

हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–२, भीमनगरका ५७ वर्षीय राम बहादुर गुरुङ आफ्नै घरको बैठक कोठामा लड्दा मृत्यु भएको छ । बुधबार साँझ बैठक कोठामा चिप्लिएर लडेका गुरुङको टाउकोको पछाडी भागमा चोट लागेको थियो ।

लडेर घाइते भएका गुरुङलाई परिवारका सदस्यले उपचारका लागि बुधबार साँझ ८ बजेको समयमा पुरानो मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । उपचारको क्रममा बुधबार राती २ बजेको समयमा गुरुङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।