हेटौंडाः नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको अध्यक्षमा सीताराम थापा निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पार्टी गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध हुनुभएको हो ।
थापाको अध्यक्षतामा ५३ सदस्यीय पालिकास्तरीय कमिटी चयन भएको छ । समितिको उपाध्यक्षमा काशीराम बज्यु, सचिवमा शिवराज रुम्बा, उप–सचिवमा आशीष अस्लामी र विष्णुमाया रुम्बा चयन हुनुभएको छ ।
यस्तै, भौगोलिक क्षेत्र अन्तर्गत वडा नम्बर १ बाट खुला सदस्यमा श्यामकुमार बल, भीम लामा तितुङ, कृष्णबहादुर बल, सदस्य महिलामा कल्पना पाख्रिन र युवा सदस्यमा देवबहादुर थिङ निर्विरोध निर्वाचित हुनुभएको छ । २ नम्बर वडाबाट खुला सदस्यमा किरणकुमार थिङ र रामेश्वर गोपाली, सदस्य महिलामा हीरामाया घलान र शर्मिला महत तथा युवा सदस्यमा ईश्वर शर्मा बर्तौला निर्विरोध हुनुभएको छ ।
वडा नम्बर ३ बाट खुला सदस्यमा प्रकाश पौडेल, भरत सिंह पाख्रिन र महिलामा अम्बिका तिमल्सिना निर्विरोध हुनुभएको छ । यस्तै, ४ नम्बर वडाबाट खुला सदस्यमा भोजबहादुर बुढाथोकी, नवीन केसी, महिला सदस्यमा मखमली राना, युवा सदस्यमा युवराज थापा मगर र दलित सदस्यमा रमा सुनार निर्विरोध हुनुभएको छ । ५ नम्बर वडाबाट खुला सदस्यतर्फ ताराप्रसाद गोतामे, जयबहादुर लम्साल, बद्रीबहादुर पौडेल र तिलकप्रसाद रेग्मी, महिला सदस्यमा लक्ष्मी पुडासैनी, युवा सदस्यमा छलप्रसाद पुुडासैनी र दलित सदस्यमा विमलाकुमारी विश्वकर्मा निर्विरोध हुनुभएको छ ।
वडा नम्बर ६ बाट खुला सदस्यतर्फ रेशमबहादुर पुलामी, रुद्र लामा, महिला सदस्यमा पम्फा योञ्जन, सीता थापा र युुवा सदस्यमा विनोदकुमार राना निर्विरोध हुनुभएको छ । ७ नम्बर वडाबाट खुला सदस्यमा पर्मेश्वर राना मगर, सीता घलान र महिला सदस्यमा आशिका सिँजाली निर्विरोध हुनुभएको छ । ८ नम्बर वडाबाट खुला सदस्यतर्फ रामकुमार दानी, मनित डिम्डुङ, महिला सदस्यमा सीता थिङ र युवा सदस्यमा पवन खड्का निर्विरोध हुुनुभएको छ । ९ नम्बर वडाबाट खुला सदस्यमा गोपाल पराजुली, सञ्जीव बर्तौला, उदयप्रसाद हटुवाल, महिला सदस्यमा सरस्वती बर्तौला, युवा सदस्यमा युवराज रुम्बा र दलित सदस्यमा शुभद्रा विश्वकर्मा निर्विरोध हुनुभएको छ ।
यस्तै, पालिका खुला निर्वाचन क्षेत्रबाट सदस्यहरुमा दिलप्रसाद पुडासैनी, रमेश आचार्य, रामहरि ठकुरी, सुदन विक र बादल सिलवाल निर्विरोध हुनुभएको छ । अधिवेशनले पालिका लेखा कमिटीको अध्यक्षमा सुदीप चिमरिया, उपाध्यक्षमा भोलाराम शिकारी, सचिवमा राजीव परियार र सदस्यमा सागर नेपालीलाई चयन गरेको छ । निर्वाचित कमिटीलाई निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पिताम्बर बास्तोलाले सपथग्रहण गराउनुभएको छ । नवनिर्वाचित कमिटीको कार्यकाल दुई वर्षको हुनेछ ।
पार्टी गाउँपालिका कमिटी अध्यक्ष सानु थापा मगरको सभाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र जिल्ला अध्यक्ष श्रीधर पोखरेललगायतको आतिथ्य रहेको थियो ।