सांकेतिक तस्वीर ।

हेटौँडाः हेटौँडा–१, चाईनाक्वार्टरका ४९ वर्षीय दीपक कार्की मृत भेटिएका छन् । शनिबार दिउँसो २ बजेको समयमा कार्कीको शव चाईनाक्वार्टर पछाडितर्फ राप्तीखोलामा मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

राप्तीखोलामा पौडी खेल्दै गरेका हेटौँडा–१४ का २० वर्षीय सलोन वाईबाले कार्कीलाई देखेपछि उद्दार गरेर हेटौँडा अस्पताल पुर्याएका थिए । हेटौँडा अस्पतालका चिकित्सकले कार्कीलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।