हेटौँडाः हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा कार्यरत क्यान्सर पीडित शिक्षक लक्ष्मी काफ्लेलाई जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकले सहयोग गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौँडा उपमहानगर कमिटीको संयोजनमा काफ्लेका लागि सहयोग संकलन भएको हो ।
संकलित तीन लाख ६३ हजार रुपैयाँ सोमबार हेटौँडा–८ स्थित काफ्लेको घरमै पुगेर हस्तान्तरण गरिएको छ । संगठनका नगरअध्यक्ष गोपीरमण प्याकुरेल, जिल्ला अध्यक्ष श्रीराम दाहालसहितको एक समूह काफ्लेको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।
क्यान्सर पीडित काफ्ले चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । काफ्लेको स्वास्थ्य अवस्था राम्रो रहेको र पूर्णरुपमा निको हुन केही समय लाग्ने संगठनका नगरअध्यक्ष प्याकुरेलले बताउनुभयो । जटिल स्वास्थ्य समस्या भएका बेला उपचारमा पनि बढी नै रकम खर्च हुने देखिएपछि संगठनको संयोजनमा जिल्लाका विभिन्न विद्यालयका कार्यरत शिक्षकहरुसँग सहयोग संकलन गरिएको उहाँको भनाइ छ ।