हेटौँडाः हेटौँडा उपमहानगरपालिका–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा आश्रमलाई सहयोग गरेको छ । सहकारीले सोमबार २९ औं स्थापना दिवसको अवसरमा हेटौँडा–२ स्थित ओम वृद्धाश्रमलाई फलफुल र रकम सहयोग गरेको सहकारीका अध्यक्ष हिमाल पौडेलले जानकारी दिनुभयो ।
सहकारीले १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । सहकारीका संस्थापक अध्यक्ष बासुदेव अधिकारीले आश्रममा फलफुल र सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष पौडेलको सभाध्यक्षता रहेको थियो । हस्तान्तरण कार्यक्रममा सहकारीका सल्लाहकार र सञ्चालकहरुको उपस्थिति रहेको थियो ।