हेटौंडाः हेटौंडा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत एफसी इन्टरनेट विजयी भएको छ । हेटौंडा–११,स्थित सिमलटार मैदानमा भएको खेलमा हेटौंडा भेट्रान्सलाई १–० गोलले हराउदै एफसी इन्टरनेट विजयी भएको हो भने गौरिटारमा भएको आरआर एफसी र परेली युवा क्लबबीचको खेल एक–एक गोलको बराबरीमा सकिएको छ । म्यान अफ द म्याच परेली क्लबला नवीन गोल घोषित भएका छन ।
मकवानपुर जिल्ला फुटबल सँघको आयोजनामा सञ्चालन भएको जिल्ला लिग प्रतियोगितामा २८ क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ ।