हेटौँडाः जेसीआई हेटौँडा वर्ष २०२४ को अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार जेसीआई हेटौँडाको सचिवालयमा अर्ध वार्षिक साधारणसभा भएको हो । अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षतामा साधारण सभा भएको हो ।

जेसीआईमा आवद्ध भएका सदस्यहरुको उपस्थितिमा ६ महिनाको अवधिसम्म भएका कामको प्रतिवेदन प्रस्तुतीकरण गरिएको अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिनुभएको छ । जेसीआई हेटौँडामा २ सय सदस्य मध्ये १ सय १० जना सदस्यको उपस्थिति रहेको उहाँले बताउनुभयो । शाखाको गतिविधि र क्रियाकलापमा शाखाका कार्यकारिणी उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् ।