हेटौँडाः मनहरी गाउँपालिकाको सिमपानी युथ क्लबको आयोजनामा भएको प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक भएको छ ।

गत असार २० गते सुरु भएर असार ३१ सम्पन्न भएको प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक भएको हो । क्लबले सार्वजनिक गरेको विवरण अनुसार खेल सम्पन्न गर्नका लागि करिब ८ लाख ३० हजार रुपैयाँ खर्च भएको छ भने ८ लाख २७ हजार ८ सय ३२ रुपैयाँ आम्दानी भएको छ । क्लबले २ हजार १ सय ६८ रुपैयाँको घाटा व्यवहोर्नु परेको क्लबका नवनियुक्त अध्यक्ष अञ्जन लामाले जानकारी दिनुभएको छ । फुटबल प्रतियोगिता आयोजनाका लागि विभिन्न व्यक्ति, संस्थाको सहयोग रहेको छ ।