प्रधानाध्यापक मालती उप्रेती (बायाँ) लाई पुस्तक हस्तान्तरण गर्नुहुँदै शिक्षक रमिला दाहाल (दायाँ) ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१ स्थित अमर माध्यमिक विद्यालयकी शिक्षक रमिला दाहालले आफ्नो जन्मदिनको अवसरमा कार्यरत विद्यालयलाई किताब हस्तान्तरण गर्नु भएको छ ।

दाहालले गत शुक्रबार विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीलाई ७ हजार रुपैयाँ बराबरको ७ थान किताब हस्तान्तरण गर्नुभएको हो । १० कक्षासम्म पठनपाठन हुने अमर माविलाई दाहालले ५ वटा धार्मिक किताब र दुईवटा शब्दकोश सहयोग गर्नुभएको हो । अमर माविमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।