हेटौँडाः हेटौँडा–८ कमानेमा वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेकपा एमाले ८ नम्बर वडा कमिटीको सहयोग तथा नेपाल खेलकुद महासंंघ वडा कमिटीको आयोजनामा यही भदौ २९ गतेदेखि ५ गतेसम्म वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका संयोजक धर्मराज पुडासैनीले चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिनुभएको छ ।
य्ुवा पुस्तालाई स्थानीयस्तरदेखि राष्ट्रियस्तरमा पु¥याउन र वडाका खेलाडीलाई चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनुभयो । सरकारी तथा गैरसरकारी संस्था र उद्योगी, व्यावसायीको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगितामा हेटौँडाका १९ वटै वडा, आयोजक समितिसहित २२ वटा टिमहरु सहभागी हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । पुडासैनीको संयोजकत्वमा ३१ सदस्यीय खेल संचालन तथा व्यवस्थापन समिति र ५ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । प्रतियोगितामा सहभागी हुनका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट मार्चपास गर्ने टिमहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । लामो सयमदेखि खेलक्षेत्रमा योग्दान पु¥याउने व्यक्तिलाई सम्मान गरिने छ । प्रतियोगिता आयोजनाका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितालाई हरेक वर्ष आयोजना गर्ने पनि संयोजक पुडासैनीले बताउनुभएको छ ।