हेटौंडाः आगामी शुक्रबारदेखि सुरु हुने भनिएको मकवानुर जिल्ला लिग फुटबल प्रतियोगिता सरेको छ । बुधबार बसेको मकवानपुर जिल्ला फुटबल संघको बैठकले लिग सार्ने निर्णय गरेको हो ।
महासंघ मकवानपुरका महासचिव छवि सुवेदीका अनुसार अहिले प्रतिकुल मौसमलाई मध्यनजर गरेर लिग सार्ने निर्णय गरेको हो । बैठकले लिग भदौ १४ गतेबाट गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । सबै पदाधिकारीको उपस्थितिमा बसेको बैठकले लिगको खेल तालिका भदौ १० गते सार्वजनिक गर्ने निर्णय गरेको छ ।