हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बिहीबार ८ जनालाई डेंगु पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हेटौंडाका ६ जना महिला र २ जना पुरुषलाई डेंगु संक्रमण भएको हो ।
चालु आर्थिक वर्षको साउन महिनामा हेटौंडाका २२ जना बासिन्दामा डेंगु पुष्टि भइसकेको छ । जिल्लामा १० जना पुरुष र १६ जना महिला गरी २६ जनामा डेंगु सक्रमण पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । मकवानपुरगढी गाउँपालिकाका ३ जना र बकैया गाउँपालिकाका एक जनामा डेंगु भेटिएको हो ।