हेटौंडाः नेकपा एमालेको केन्द्रीय सदस्यमा मकवानपुरका महेशकुमार बर्तौला मनोनित हुनुभएको छ । बिहीबार बसेको सचिवालय बैठकले बर्तौलालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
सत्तापक्ष दलको मुख्य सचेतक रहनुभएका बर्तौला मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट पार्टीको मुलधारको राजनीतिमा होमिनु भएका बर्तौला यसअघि एमाले बागमती प्रदेश कमिटीको उपसचिव पदको जिम्मेवारीमा हुनुहुन्थ्यो । एमाले बागमती प्रदेशको केही समयअघि सम्पन्न अधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्नुभएका बर्तौलालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

बैठकले बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । केन्द्रीय सदस्यमा मनोनित हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामप्रित राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) छन् । त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका छन् ।

त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु), नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौं) र कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनित हुनुभएको छ ।

एमालेले सल्लाहकार परिषद् सदस्यमा मकवानपुरका कृष्णप्रसाद दाहाललाई मनोनित गरिएको छ । गत प्रदेश अधिवेशनमा अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेलसँग पराजित हुनुभएका दाहाललाई परिषद् सदस्यको जिम्मेवारी दिएको हो । उहाँसँगै मकवानपुरका सुवासचन्द्र ठकुरी पनि सदस्य मनोनित हुनुभएको छ ।

बागमती प्रदेशका पूर्वसभामुख सानु श्रेष्ठलाई पनि परिषद्को सदस्य मनोनित हुनुभएको छ । प्रदेश अध्यक्ष बन्ने होडमा रहनुभएका श्रेष्ठले अधिवेशनका क्रममा ढुंगेललाई सघाएर उम्मेवारको दावी फिर्ता गर्नुभएको थियो । उहाँसँगै परिषद्को सदस्यमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पीएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुसवाह (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर), खालित हुसेन हक (सुनसरी), हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), बिनु ढकाल (मोरङ), सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोशी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी) पनि मनोनित भएका छन् ।

यस्तै, शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया), हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौं), सर्वध्वज सावा लिम्बु (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्दकेशर ढकाल (रुपन्देही), लक्ष्मीप्रसाद जोशी (डडेलधुरा), रामहरि सुवेदी (काभ्रे), सरस्वती वाटी (भक्तपुर) लगायतलाई परिषद् सदस्यमा मनोनित गरिएको छ ।