प्रदेश सभा बैठकमा सम्बोधन गर्नुहुँदै नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँ ।

हेटौँडाः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मतको प्रस्तावमा तथस्ट बस्ने भएको छ । नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विगतदेखि नै नेमकिपा प्रतिपक्षको भूमिकामा रहेकाले यसपटक पनि प्रतिपक्षमा रहने बताउनुभयो ।

नेमकिपा विचार, सिद्धान्त र नैतिकताको राजनीतिबाट विचलित नहुने उहाँको भनाई छ । नेमकिपाले ३० वर्षअघि देश २ दलीय शासन व्यवस्थामा जाँदैछ भनेको र सोही दिशामा अहिलेको सरकार अघि बढेको उहाँले दावी गर्नुभएको छ ।