प्रदेश सभालाई सम्बोधन गर्नुहुँदै नेता खनाल ।

हेटौँडाः नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले मुख्यमन्त्री लामालाई मत दिन नसक्ने बताउनुभएको छ ।

उहाँले गुटगत भागबण्डाका कारण संघीयता र संविधानलाई नै खतरा हुने काम भइरकेको बताउनुभयो । ठूला दलको गुटगत राजनीतिका कारण प्रदेशका मन्त्री र मन्त्रालय निरन्तर बढिरहेको उहाँको भनाई छ । ठूला दलहरुले गुटमिलनको अखडा केन्द्रलाई बाइरहेको उहाँले बताउनुभयो ।

केन्द्रमा सरकार परिवर्तन हुने बित्तिकै प्रदेशमा सरकार परिवर्तन हुनमा कुनै राजनीतिक तर्क नरहेको उहाँले जीकिर गर्नुभयो । राजनीतिक स्थायित्वका नाममा बिना विभागीय मन्त्री राख्ने र मन्त्रालय बढाउने काम भइरहेको उहाँले भनाइ छ । दलहरुले स्थायित्व नै चाहेको हो भने प्रदेशमा ७ मन्त्रालय कायम गरी मितव्ययी हुन उहाँले सुझाव दिनुभएको छ ।