सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको २ जिल्लामा एकैदिन ३ जना मृत फेला परेका छन् । प्रदेशको धादिङ र नुवाकोट जिल्लामा ३ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, शितलबजारमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–२, शेर्पा समाज बस्ने ६० वर्षीय चिया शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार त्रिशुली नदीमा तैरिरहेको अवस्थामा शेर्पा मृत फेला परेका थिए । मुचुल्कापश्चात् शेर्पाको शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडांै लगिएको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, मलेखुमा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा सप्तरी जिल्ला सुरुङ्गा नागरपालिका–२ बस्ने ५० वर्षीया चुनादेवी विक रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १ बजेको समयमा विक आफू सुत्ने कोठाभित्र भुईंमा मृत अवस्थामा फेला परेकी थिइन् ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिका–५, पहरेखेतमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पञ्चकन्या गाउँपालिका–१, आँपचौर बस्ने ६५ वर्षीय अक्करबहादुर राई रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ६ बजेको समयमा लिखु खोलामा राई मृत फेला परेको थिए ।