हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेल बर्षाका कारण स्थगित भएको छ ।
आयोजक सिमपानी युथ क्लबले एक विज्ञप्ती जारी गर्दै शनिबारको भारी बर्षाको कारणले खेलाउन नमिल्ने भएको स्थगित गरेको जानकारी दिएको छ । गाउँपालिका वडा नम्बर–८ स्थित सिमपानी मैदानमा हेटौंडा–१५ स्थित एफवाइसी युथ क्लब र बागमती पुलिसबीचको स्थगित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्थगित खेललाई मौसमअनुकुलको समय मिलाएर सूचारु गर्ने क्लबका अध्यक्ष किरण सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि मेडल र नगद पुरस्कारको व्यवस्था गरिएको छ । बर्षाका कारण खेल स्थगित हुँदै गर्दा पनि प्रतियोगिता खेलतालिका परिवर्तन नभएको फाइनल खेल ३१ गते हुनेछ ।