हेटौंडाः यु–१७ को प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको विदाई गरिएको छ । मकवानपुर जिल्ला फुटबल संघले सोमबार एक समारोहबीच जिल्ला खेलकुद विकास समितिको कार्र्यालय परिसरमा यु–१७ प्रदेशस्तरीय छनोटमा प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको विदार्ई गरेको हो ।
जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज लामाको सभाध्यक्षतामा विदार्ई कार्यक्रम भएको हो । फुटबल संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट प्रारम्भिक सूचीमा पर्न सफल भएका २४ जना खेलाडीहरु आज सोमबार धुलिखेल प्रस्थान गरेका छन् । खेलाडीहरुको नेतृत्व गर्न व्यस्थापकका रुपमा जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी पनि काठमाडौं जानुभएको छ ।
अखिल नेपाल फुटबल (एन्फा) ले एसियन कप क्वालिफाइ फुटबल प्रतियोगितामा १७ वर्र्ष उमेर समूहका किशोर खेलाडीहरुलार्ई सहभागी गराउन एन्फामा आवद्ध भएका ४८ वटा जिल्लाका फुटबल संघहरुलार्ई टिम छनोट गर्ने निर्र्देशन दिएको थियो । जसअन्तर्गत मकवानपुर जिल्ला फुटबल संघले जिल्लाको टिम छनोट गरेको हो । हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा गएको शुक्रबार र शनिबार मकवानपुरका एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठ र ज्ञानु मोक्तानको नेतृत्वमा खेलाडी छनोट गरिएको थियो । संघका उपाध्यक्ष लामाको संयोजनमा मकवानपुरका विभिन्न पालिकाहरुबाट करिब १ सय ८७ जना खेलाडीहरु छनोट प्रतियोगितामा सहभागी भएका थिए ।
छनोटमा सहभागी भएका १ सय ८७ खेलाडीहरुको खेल प्रदर्शनी र कौशलको आधारमा प्रशिक्षक श्रेष्ठ र मोक्तानले दोस्रो चरणमा ५२ जना छनोट गर्नुभएको थियो । ५२ जना खेलाडीहरुबीच प्रतिस्पर्धा गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन योग्य २४ जना खेलाडी छनोट भएका हुन् । एन्फाले जिल्लाका फुटबल संघहरुलाई १० जना खेलाडी छनोट गर्न निर्देशन दिए पनि खेलाडीहरुको प्रदर्शनीको कारण २४ जनालार्ई प्रारम्भिक छनोटमा राखिएको बताइएको छ ।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी भएका मकवानपुरका खेलाडीहरुले प्रदेशका १३ जिल्लाबाट आएका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्र्नुपर्र्नेछ । प्रदेशस्तरीय प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडी केन्द्रीयस्तरको प्रतियोगितामा सहभागी हुन पाउनेछन्् । प्रदेश छनोट प्रतियोगिता काभ्रेको धुलिखेल मैदानमा आज मंलबारबाट शनिबारसम्म हुनेछ । एसियन कप क्वालिफाइ प्रतियोगिता आगामी अक्टोबर १९ तारिखदेखि २७ सम्म भुटानमा हुनेछ ।
खेलाडीलाई विदाई गर्दै मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्र्यालय प्रमुख माधव कोइरालाले पछिल्लो समय खेलाडीहरुले अनुशासनको पालना नगरेको महसुस आफूले गरेको बताउनुभएको छ । खेलाडीले खेल कौशलसँगै अनुशासनको पालना गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । जिल्ला फुटबल संघका महासचिव सुवेदीले खेलाडीहरुले राम्रो खेल प्रदर्शनी गर्ने विश्वास व्यक्त गर्नुभयो । संघका उपाध्यक्ष लामाले प्रदेशस्तरको छनोटमा राष्ट्रिय प्रशिक्षकहरुले गर्ने मूल्यांकनमा अब्बल देखिन जरुरी रहेको बताउनुभयो ।
प्रदेश छनोट प्रतियोगितामा बकैया गाउँपालिकाबाट विकास जिम्बा, निशान्त बोगटी, कृतक स्याङ्तान र सन्देश घलान छन् । मकवानपुरगढी गाउँपालिकाका करिप योञ्जन, अनुप राना, कोसिस मगर र रोहित मोक्तान छनोटमा परेका छन् । बागमती गाउँपालिकाबाट उप्रान्त आले र विकल राना सहभागी हुँदैछन् । यस्तै, थाहा नगरपालिकाका प्रभात परियार छनोट प्रतियोगितामा सहभागी हँुदैछन् ।
हेटौंडा–८ का प्रमित खत्री र देवलाल भोलन, हेटौंडा–१५ का निमा लोप्चन, हेटौंडा–१७ का विशेष सुवेदी, हेटौंडा–५ का आर्यन थापा मगर, हेटौंडा–७ का कुशल अधिकारी र सुजन थिङ, हेटौंडा–१८ का साजन लोप्चन, हेटौंडा–१४ का रोहन तामाङ, हेटौंडा–१३ का सृजन थिङ, इममी मोक्तान, सनम वाईबा र हेटौंडाकै अर्जुन सापकोटा प्रतियोगितामा सहभागी हुँदैछन् । विदाई कार्यक्रममा दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डे, जिल्ला फुटबल संघका सदस्य आशीष थापा मगरलगायत खेलाडीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।