रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा सोमबार ४५ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथ र लियो क्लबको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् ।

रक्तसञ्चार केन्द्र हेटौैँडाका प्राविधिक किशोर सापकोटाका अनुसार ७ जना महिला र ३८ जना पुरुषले रक्तदान गरेका छन् । क्लबले हरेक जुलाई १ मा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथका वर्ष २०२४/२५ का अध्यक्ष अशोक सिंहको सभाध्यक्षता तथा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपाल वर्ष २०२४/२५ का डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ विकेश लाल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।