मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट आगामी सोमबार प्रस्तुत गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले सोमबार ११ औँ गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेको जानकारी गराएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ४ बमोजिम असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने भएकाले गाउँपालिकाले बजेट प्रस्तुत गर्न लागेको सूचनामा उल्लेख गरिएको छ । कार्यक्रम मकवानपुरगढी गाउँपालिकाको सभाहलमा हुनेछ ।