शैक्षिक सामग्री हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा कमिटीले वडाको लेखपानीमा रहेको जीवनज्योति आधारभूत विद्यालय खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।

पार्टीको जनभेटघाट कार्यक्रमअन्तर्गत विद्यालयलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय कमिटीका सदस्य प्रकाश थोकरले जानकारी दिनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्र १९ नम्बर वडा कमिटीका अध्यक्ष पूर्ण घलान, जिल्ला समन्वय सदस्य सुबोध घलान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर गोले र प्रधानाध्यापक कुमार सिङ्ग गोलेको पनि उपस्थिति रहेको थियो ।