हेटौँडाः साहित्य संगम मकवानपुरले आफ्नो नियमित सन्ध्याअन्तर्गत शनिबारको श्रृंखला स्व. गोविन्द खड्का तथा डा. गणेश कुमार पौडेलको स्मृति विशेष रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । ३४४ औं नियमित साहित्य सन्ध्यामा संगमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा १५ जना साहित्यकारहरुले रचना वाचन गर्नुभएको छ । राजकुमार चौधरीले देश कसरी चल्छ ? ऋषिराम पाण्डेले च्यात्तिएको गञ्जी, राजकुमार राउतले राई माइलाले गाउँ छाडे, सुवास सजलले चौतारो एक, संप्रस पौडेलले आँप, सानु खनालले दोस्रो बाटो र देवराज खरेलले लाज मान्छन् सम्मान पत्रहरु शीर्षकका रचन वाचन गर्नुभएको थियो । अनिता पौडेलले मुक्तक र मिथिला अधिकारी गजलवाचन गर्नुभयो । रमेश मोहन अधिकारी, देवराज तिवारी र जनाद्र्धन खनालले पनि रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा स्व. खड्का र पौडेलको तस्वीरमा माल्यार्पण गरिएको थियो ।