नामः रितिका गौतम कक्षा–७, जीएस निकेतन मावि, हेटौँडा–५

अगाडिबाट भन्छन् दाजुभाइ
दुःख पर्दा भन्छन् सबै पराई
आफ्नो पनि खै कसलाई भनु
अरुको लागि किन राम्रो बनु ।।

दुःख पर्दा सबै टाढा भएछन्
सुख पर्दा मात्रै ठिक पार्ने रहेछन्
लिने बेलामा मेरो सबै लिइयो
दिने बेलामा सधैँ धोका दियौ ।।

सबै साथ छोडी गए
दैव पनि निष्ठुरी भए
जे हुनुहुन्थ्यो अब भइगयो
भरोसा गर्नु मेरो गल्ती भयो ।।

जाने जति सबै गइसके
म पनि स्वार्थी भइसके
नराम्रा दिनहरू सबै गयो
बाध्यता केलाई भन्छन् थाहा भयो ।।

दुःख पर्दा साथी मलाई रोज्यो
तिर्ने बेला भाग्न खोज्यो
अब म आफैमा भर पर्छु
नयाँ जीवनको सुरुवात गर्छु ।।