नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर कमिटीको नवनिर्वाचित कमिटी ।

हेटौँडाः नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर कमिटीको अध्यक्षमा मनोज लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । शनिबार थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भएको दोस्रो अधिवेशनले लामिछानेको अध्यक्षमा सर्वसम्मत २७ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।

समितिको महिला उपाध्यक्षमा सावित्री केसी र खुला उपाध्यक्षमा कृष्ण भट्ट चयन हुनुभएको छ । सचिवमा सचिन कुमार बल र सहसचिवमा सविना बल चयन हुनुभएको छ । कोषाध्यक्षमा हरि प्रसाद ढकाल र सहकोषाध्यक्षमा कविता कँडेल चयन हुनुभएको छ । नगर समितिका निवर्तमान अध्यक्ष रुपचन्द्र गोपालीको सभाध्यक्षमा तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दहालको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन समारोह भएको हो ।

उद्घाटन कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य शशीधर सुवेदी, नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका सचिव मुकुन्द न्यौपानेको पनि आतिथ्य रहेको थियो ।