अभिमुखीकरणका क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः पैरवी समूह मकवानपुरको आयोजनामा अप्रत्यक्ष हिंसा पहिचानसम्बन्धी अभिमुखीकरण भएको छ । हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविको सभाहलमा भएको कार्यक्रममा समूहकी सदस्य प्रवित्रा विश्वकर्माले अप्रत्यक्ष हिंसा पहिचानसम्बन्धी प्रस्तुतिकरण गर्नुभएको हो ।

बिहीबार भएको कार्यक्रमको उद्देश्य समाजमा रहेको अप्रत्यक्ष हिँसा पहिचान गरी सम्भावित जोखिमबाट बच्ने उपाय थाहा पाउने, आत्महत्यालाई निरुत्साहित गर्ने, बालविवाह न्यूनीकरणमा सहयोग पु¥याउने थियो । सदस्य विश्वकर्माका अनुसार कार्यक्रमका सहभागीहरुले समाजमा रहेको अप्रत्यक्ष हिंसा पहिचान गर्नसक्ने, सम्भावित जोखिमबाट बच्ने उपाय थाहा पाउने, आत्महत्यालाई निरुत्साहित गर्ने बालविवाह नगर्न प्रेरित हुने र हरेक हिंसालाई प्रतिकार गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा हेटौंडा–१९ की बालमैत्री सहजकर्ता कृतिका बस्ताकोटी र इलाका प्रहरी कार्यालय नेवारपानीका रीता रानाको उपस्थिति रहेको थियो भने ७३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी रानाले प्रहरी कार्यालयमा किशोरकिशोरीमैत्री गुनासो पेटिका राख्न कार्यालयलाई अनुरोध गर्ने बताउनुभयो । पैरवी समूह मकवानपुरको यो दोस्रो कार्यक्रम हो । यसअघि समूूहले पदमपोखरीमा बालविवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।